नेपाली कांग्रेस डडेल्धुरा निरन्तर क्वारेन्टाईनमा खाना खुवाउदै


डडेल्धुरा, १३ जेठ : बिश्वभरी फैलिएको कोरोना महामारीको सन्त्रासका कारण जारी लकडाउनबाट प्रभावित भएर भारतबाट डडेल्धुरा पुगेर क्वारेन्टाईनमा बसेका नागरिकहरूलाई नेपाली कांग्रेस डडेल्धुराले आज पनि निरन्तरता दिदै निःशुल्क खाना वितरण गरि खुवाएको हो ।
नेपाली कांग्रेस डडेल्धुराले सञ्चालन प्रकाश चटौत आपतकालिन भोजन चुलोले आज (मंगलबार) पनि क्वारेन्टाईनमा बसेका तथा काठमाडौँबाट बसमा बझाड जादै गरेका ७८ जनालाई खाना खुवाइएको कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले जानकारी दिए । उनले भने डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका १४२ जना ब्यक्तीहरु लाई कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलका स्वयंमसेवकले खाना खुवाइएको हो।



आज डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका ३७ जना , बैजनाथ मा वि मौरडाको क्वारेन्टाईनमा रहेका ३२ जना रकाठमाडौं बाट बझाङका लागि आएका ५१ जना तथा पार्टी कार्यालयमा गाउँबाट काम विशेषले डडेल्धुरा आएका २४ जना गरि जम्मा १४२ जनालाई कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलका स्वयंमसेवकले खाना खुवाइएको नेपाली कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणकर भट्टले बताए ।
यसैगरी कांग्रेस डडेल्धुराले हिजो पनि डडेल्धुरा सदरमुकामका बिभिन्न क्वारेन्टाईनमा रहेका १७० जनालाई कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलकाले खाना खुवाइएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । 








