डडेल्धुरामा एक युवती मृत अबस्थामा फेला


डडेल्धुरा, १४ जेठ : डडेल्धुरामा एक युवत मृत अबस्थामा फेला परेकी छन्। मंगलबार राति जिल्लाको अमरगढी नगरपालिका –७ की अन्दाजी २०/२१ वर्षकी निर्मला बोहोरा मृत अबस्थामा फेला परेकी हुन्।
अमरगढी–७ मा रहेको रातो गुराँस रिसोर्टमा बोहोरा मृत अबस्था फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। गएराती उनी होटेलको बाथरुममा मृत अवस्थामा फेला परेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।



प्रहरी नायव उपरीक्षक न्यौपानेका अनुसार घटनास्थलमा अहीले प्रहरी पुगेको छ भने आफन्त आउँदैछन्। उनि विवाहित वा अविवाहित हुन भन्ने एकिन भएको छैन्। बोहोरोको हत्या वा आत्महत्या हो भन्ने एकिन नभएकोले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।








