सोति घटनाको रहस्य खुल्दै : पाँच दिनपछि हात बाँधिएको शव फेला

जाजरकोट, १४ जेठ  :  कथित माथिल्लो जातको युवतीको प्रेममा परेर कलिलो उमेरमा ज्यान गुमाएका नवराज विक सँगै केटी लिन गएका उनका बेपत्ता साथिहरू मध्य जाजरकोट भेरी नगरपालिकाकै लोकेन्द्र सुनारको शव ५ दिनपछि जाजरकोट भेरी नगरपालिका ११ कुदुमा फेला परेको छ । यो संगै मृतकको संख्या ४ पुगेको छ भने अझै सन्जु विक र गोबिन्द शाही भने बेपत्ता छन्।

गाउँलेले लखेट्दा भेरीमा आफैँ हाम फालेको भनी अपराधलाई ढाकछोप गर्न खोजिरहेका बेला प्रहरी, पत्रकार र आम जनताको सामुन्ने डोरीले हात बााँधेको अवस्थामा ५ दिनपछि उनको शव फेला पर्नुले घटनालाई अचम्मित पारेको छ । उक्त घटनामा परेर बाँचेकाहरु भन्छन् ‘घाइते अवस्थामा रहेकाहरुलाई लखेटेर भेरी किनारामा पुर्याइ हामफालेर पल्लो किनारामा पुगेकालाई समेत हत्याराहरु अगाडी नै पारी पुगी त्यहीँबाट पिटेर आँखामा बालुवा छरेर ढुङ्गाले हान्दै भेरीमा फालेको हुन्।’

 

गाेताखाेरसँगै घटनास्थल पुगेका पत्रकार भीम पौडेलका अनुसार लोकेन्द्र सुनारको शव हेर्दा टाउको फुटाइ हत्या गरी शवलाई डोरीले बाँधेर नदीमा फालेको अवस्थामा फेला पारिएको बताएका छन्।

हालसम्म नवराज विक, गणेश बुढा, टिकाराम सुनार र लाेकेन्द्र सुनारकाे गरी चार जनाको शव फेला परेको हो । २१ औं शताब्दीको अत्यन्तै कुर अपराधिक र अमानवीय उक्त कथित जातीय बर्बरताको जनस्तरबाट चौतर्फी दबाब भैरहेको छ भने यस्तो प्रस्ट जातीय विभेदको इगोबाट भएको घटनाको उच्च ओहोदाका व्यक्तिहरुको संलग्नतामा ओझेल पार्ने षडयन्त्र भइरहेको चर्चा चल्न थालेको छ । यस घटनाले अर्को तिर जातीयताका नाममा कलंकित मानसिकता बोकेका पुराना परिवर्तन नचाहने र परिवर्तन चाहनेहरु बीचको प्रष्ट कित्ता काट भएको देखिन्छ।

अहिले जिल्लामा यति ठुलो नरसंहार हुँदा जाजरकोट जिल्लाका संघीय प्रतिनिधि र प्रभावशाली नेता एवं वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको मौनता र  जनाताका प्रिय मानिएका जनार्दन शर्माको धम्कीपूर्ण अभिब्यक्तिले न्यायको प्रत्याभूतिमा शंका रहेको भन्दै समाजिक संजाल प्रयोग कर्ताहरुले ब्यापक आलोचना गरेका छन्।

जनदाव अनुसार सत्य तथ्त छानबिन नभए यसले आउँदा दिनमा हत्या र यस्ता जघन्य अपराधलाई बढावा गर्ने त छ नै सामाजिक प्रतिशाेधको विकास गर्ने निश्चित देखिन्छ। यस्तो अपराध मानव समुदायमा कहिल्यै नहुन र नदोहोर्याउन दोषी उपर कडा कार्बाही गरि कानूनको सहि कार्यान्वयन हुन अति जरुरी देखिन्छ। यसमा सबै जातिका समुदायहरुले एक मत भएर यस्ता मानवताविरोधी कदमको भण्डाफोर गर्दै परिवर्तन गर्नु पर्ने देखिन्छ।

सम्बन्धित खवर

Back to top button