लकडाउनका बेला समस्यामा परेका नागरिकहरुलाई निरन्तर खाना खुवाउदै एनडि प्रकाश आपतकालिन चुलोका स्वयं सेवक

डडेल्धुरा, १५ जेठ : एनडि प्रकाश चटौत आपतकालिन चुलोले लकडाउनका बेला समस्यामा परेका नागरिकहरुलाई डडेल्धुरा सदरमुकामको बिभिन्न ठाउँ तथा क्वारेन्टाई रहेको ठाउँमै पुगि खाना बाँड्न थालेको छ ।

लकडाउनका बेला समस्यामा परेका लाई खाना खुवाउन सञ्चालन गरिएको आपतकालिन चुलोले आज (बिहिबार) पनि भारत बाट फर्केर डडेल्धुरा सदरमुकाममा आ-आफ्नो गाउँपालिका जानको लागी बसेका र काठमाडौँबाट बसमा दार्चुला जादै गरेका ९१ जनालाई खाना खुवाइएको कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले जानकारी दिए

। उनले भने भारत बाट फर्केर डडेल्धुरा सदरमुकाममा आ-आफ्नो गाउँपालिका जानको लागी बसेका र काठमाडौँबाट बसमा दार्चुला जादै गरेका ९१ जना ब्यक्तीहरु लाई कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलका स्वयंमसेवकले खाना खुवाइएको हो।

आज डडेल्धुरा बहुमुखी क्याम्पसमा भारत बाट फर्केर डडेल्धुरा सदरमुकाममा आ-आफ्नो गाउँपालिका जानको लागी बसेका ४० जना, काठमाडौँबाट बसमा दार्चुला जादै गरेका ३५ जना तथा पार्टी कार्यालयमा गाउँबाट काम विशेषले डडेल्धुरा आएका १६ जना गरि जम्मा ९१ जनालाई कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलका स्वयंमसेवकले खाना खुवाइएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

भारत बाट भित्रिने स्थानिय एक साता सम्म भोक भोकै स्थानिय तहमा पुग्ने गरेका छन । डडेल्धुरा बहुमुखी क्याम्पसमा जिल्लाका बिभिन्न गाउँपालिका जानलाई बसेका नागरिकाहरु आफैले खान पकाई खाने स्थिती छौ त्यसैले कोरोना भाईरसका कारण आक्रान्त बनेका स्थानिय भोक, तिर्खा र अनिदोले लथ्रंग भई डडेल्धुरा सदरमुकाममा पुगेका बेला नेपाली कांग्रेसले सञ्चालन गरेको आपतकालिन चुलोले खाना खुवाउन थालेको नेपाली कांग्रेस डडेल्धुराका सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले बताए ।

सम्बन्धित खवर

Back to top button