नवदुर्गा गाउँपालिकामा अवैध मदिरा सेवन गरि बुवाले क्वारेन्टाईनमा बसेका छोरालाई घर लगे

डडेल्धुरा, १५ जेठ : नवदुर्गा गाउपालिकाको एक बिद्यालयमा बनाईएको क्वारेन्टाईनमा भारत बाट फर्केर बसेका युवा लाई मदिरा सेवन गरी घर लगेको खुलेको छ । क्वारेन्टाईनमा बसेका युवा लाई मदिरा सेवन गराई घर लगेको खुलेको हो ।

नवदुर्गा गाउपालिका–५ चामा गाउको सिगास आ.बिमा बसेका एक युवा लाई उनका बुवाले नै मदिरा सेवन गरी गराई छोरा लाई घर लगेका थिए । भारतको गुजरात बाट आएका रनि बिक नाम गरेका स्थानिय लाई उनका बुवा बिर बिकले क्वारेन्टाईन भित्रै गई छोरा लाई समेत मदिरा सेवन गरी गराई रातिको समयमा घर लगेका थिए । अहिले उनि प्रहरी नियन्त्रणमा छन ।

क्वारेन्टाईनमा रहेका ११ जना मध्ये बिकले आफ्नो छोराको बिहे गरेको बताउदै मदिरा सेवन गरी वडा अध्यक्ष लाई धम्काउदै बुधबार राती घर लगेको स्थानियले बताए । एक रात घरमा गई श्रीमती संग बसेका रनि लाई बिहिबार स्थानियको विरोध पछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अहिले त्यस क्वारेन्टाईमा चार जना थप भएका छन । बिजयशैन माविमा चार महिला र अन्य पुरुष गरी भारत बाट घर फर्किएको स्थानियको संख्या ७० रहेको छ । गाउमा गुनासो बढे पछि गस्तिमा खटिएको शसस्त्र प्रहरीले बुवा छोरा दुई जना लाई नै चामा गाउ बाट ल्याई अमरगढी नगरपालिका–७ पोखरा चौकीमा राखिएको शसस्त्र प्रहरी नायव उपरिक्षक भुवन पन्तले बताए । शसस्त्र प्रहरीको गस्ति टोली त्यस क्षेत्रमा गएको र स्थानियको विरोध पनि आफुहरु संगै ति दुई जना बुवा छोरा लाई ल्याई प्रहरीको जिम्मा लगाएको उनले बताए ।

डडेल्धुरामा अवैध गरिएको मदिरा सेवन गरी गराई बिकले क्वारेन्टाईन बाट आफ्नो छोरा लाई घर लगे पछि स्थानियले विरोध जनाएका थिए । अबैध मानिएको मदिरा नबेच्न प्रहरीले व्यपारी लाई आग्रह गरी फर्कको छ । प्लाटिकको बोतलमा पाईने पुकार नामको डडेल्धुरामा अवैध मानिएको मदिरा त्यहाका व्यपारिले खुलेआम बिक्रि वितरण गर्दै आएका छन । पुकार नामकै मदिरा सेवन गरी र छोरा लाई समेत सेवन गराई बिले क्वारेन्टाई बाट घर लगेका थिए ।

नेपाल सरकारले कुनै पनि सहयोग नगरेको र आफै आएको बताउदै बिक घर गएको वडा अध्यक्ष धन बहादुर साउदले बताए । बिर बिक राती क्वारेन्टाईनमा गई छोरा संगै मदिार सेवन गरी छोरा लाई घर लगेको उनले बताए । गाउपालिका सरकारले पनि आफु लाई कुनै सहयोग नगरेको भन्दै मदिराको मातमा वडा लगायत तिनै तहको सरकार प्रमुख लाई तथानाम गाली गर्दै बिक बुवा छोरा घर भएको उनले बताए । घरमा पनि कलाह गरी ढोका समेत फुटाएको उनले बताए ।

क्वारेन्टाईनमा एक जन नेपाल प्रहरीले सुरक्षा दिदै आएका छन । प्रमुख जिल्ला अधिकारी लाई खबर गरे पछि बिहिबार शसस्त्र प्रहरीको टोली गाउमा पुगी बिक बुवा छोरा लाई नियन्त्रणमा लिएको उनले बताए ।

नवदुर्गा गाउपालिका सदरमुकाम शेरीमा मात्रै नेपाल प्रहरी चौकी छ । गाउपालिका सदरमुकाम वडा नं। ४ मा पर्छ । शेरी चौकीमा सात जना प्रहरी रहेको गाउपालिका अध्यक्ष कबिन्द्र भट्टले बताए । पाँच वटा वडा रहेको गाउपालिका भरी एक प्रहरी चौकी र सात जना प्रहरी सुरक्षाका लागी खटिईने गरेका छन ।

प्रहरीले अहिले त्यहाका व्यापारी संग भएको पुकार र एसटिएस नामक मदिरा नबेच्न भनेको छ । व्यापरी दिपेन्द्र बिष्टको पसलमा एक सय ५४ पेटी पुकार मदिरा र बल बहादुर बिष्ट संग एक सय पेटी मदिरा भेटिएको प्रहरीले जनायो । उक्त मदिरा पसलमै राखि बिक्रि नगर्ने गरी शिल गरिएको प्रहरी चौकी पोखराका ईञ्चार्ज सई शेर बहादुर बुढाऐरले बताए । मदिरा सेवन गरि गराई क्वारेन्टाई बाट छोरा घर लगेका बिकका बुवा छोरा माथि अनुसन्धान थालिएको उनले बताए ।

सम्बन्धित खवर

Back to top button