कुखुरा खान आएकाे चितुवालाई जावलाखेल पुर्याइयाे


काठमाडाैं, १६ जेठ : काठमाडाैंकाे कीर्तिपुरमा कुखुरा खान एक फार्ममा छिरेको चितुवालाई नियन्त्रणमा लिइएको छ। शुक्रबार बिहान कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँस्थित हमाल तामाङको कुखुरा फार्ममा पसेकाे चितुवालाई नियन्त्रणमा लिइएकाे हाे ।
उक्त फार्ममा चितुवा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सदर चिडियाखाना जावलाखेल र प्रहरीको संयुक्त टोलीले चितुवालाई नियन्त्रणमा लिएको हो।



महानगरीय प्रहरी वृत्तका डिएसपी छेदीलाल कामतीले भने,’चितुवा कुखुरा खान पसेको रहेछ, जावलाखेलको टोलीले नियन्त्रणमा लिएको छ।’
फार्मबाट कुखुरा घट्दै गएको थाहा पाएपछि चितुवा समात्न पासो लगाइएको थियो। चितुवालाई अहिले चिडियाखाना लगिएको छ।








