कांग्रेसले गठन गरेको सेवा दलका स्वयंमसेवक लकडाउनमा समस्या परेका नागरिकहरुलाई निरन्तर खाना खुवाउदै


डडेल्धुरा, १६ जेठ : लकडाउनका बेला समस्यामा परेका नागरिकहरुलाई एनडि प्रकाश चटौत आपतकालिन चुलोले डडेल्धुरा सदरमुकामको बिभिन्न ठाउँ तथा क्वारेन्टाई रहेको ठाउँमै पुगि खाना बाँड्न थालेको छ ।
लकडाउनका बेला समस्यामा परेका लाई खाना खुवाउन सञ्चालन गरिएको आपतकालिन चुलोले आज (शुक्रबार) पनि भारत बाट फर्केर डडेल्धुरा सदरमुकाममा आ-आफ्नो गाउँपालिका जानको लागी बसेका र साउखर्कमा दार्चुलाको महाकालि नगरपालिकाका गाडि बिग्रि सडकमा अलपत्र अबस्थामामा रहेका ८९ जनालाई खाना खुवाइएको कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले जानकारी दिए।




उनले भने भारत बाट फर्केर डडेल्धुरा सदरमुकाममा आ-आफ्नो गाउँपालिका जानको लागी बसेका र साउखर्कमा दार्चुलाको महाकालि नगरपालिकाका गाडि बिग्रि सडकमा अलपत्र अबस्थामामा रहेका ८९ जना ब्यक्तीहरु लाई कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलका स्वयंमसेवकले खाना खुवाइएको हो।
आज डडेल्धुरा बहुमुखी क्याम्पसमा भारत बाट फर्केर डडेल्धुरा सदरमुकाममा आ-आफ्नो गाउँपालिका जानको लागी बसेका ४६ जना, साउखर्कमा दार्चुलाको महाकालि नगरपालिकाका गाडि बिग्रि सडकमा अलपत्र अबस्थामामा रहेका ४३ जना गरि जम्मा ८९ जनालाई कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलका स्वयंमसेवकले खाना खुवाइएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।









