भक्त बिबिले भारत बाट आएका नागरिकहरुलाई खाजा बितरण

डडेल्धुरा, १६ जेठ : डडेल्धुरामा भारतबाट आएकाहरुलाई भक्त बिबि हेल्पीङ ह्याण्डस फोर ह्युमिनिटिले खाजा बितरण गरेको छ। अमरगढी नगरपालीका वडा नं-५ मा रहेको डडेल्धुरा बहुमुखी क्यामपसमा शुक्रबार राती पुगेका जिल्लाका बिभिन्न क्षेत्रका नागरीकहरुलाई खाजा बितरण गरी सहयोग गरेको हो।

रातिको अबेर सम्मको समयमा पुगेपछि उनिहरुलाई ४ कार्टुन चाउचाउ बितरण गरिएको सामाजीक अभियानता तेज बहादुर भण्डारीले बताए। भारतका बिभिन्न ठाउहरुबाट बिभिन्न नाका हुंदै बेलुका करिब ९ बजेको समयमा क्याम्पसमा पुगेका उनिहरुले खानेकुरा नपाएपछि चाउचाउ उपलब्ध गराईएको भण्डारीले बताए।

सम्बन्धित खवर

Back to top button