सांसद मल्ल लकडाउनमा पनि नाका देखी क्वारेन्टाईनसम्म सक्रिय

डडेल्धुरा, १६ जेठ : कोरोनाका कारण देशभर लकडाउन जारी रहेपनि नेपाली काँग्रेस डडेल्धुराका सभापति एवं सुदूरपश्चिम प्रदेशका सांसद कर्णबहादुर मल्ल सिमा नाका देखी क्वारेन्टाईनसम्म सक्रिय भएका छन् ।

लकडाउनका बेला समस्यामा परेका लाई खाना खुवाउन सञ्चालन गरिएको आपतकालिन चुलोले आज (शुक्रबार) पनि भारत बाट फर्केर डडेल्धुरा सदरमुकाममा आ-आफ्नो गाउँपालिका जानको लागी बसेका र साउखर्कमा दार्चुलाको महाकालि नगरपालिकाका गाडि बिग्रि सडकमा अलपत्र अबस्थामामा रहेका ८९ जनालाई खाना खुवाइएको सांसद मल्लले जानकारी दिए।

उनले भने आज भारतबाट आई कैलालीको गौरीफन्टा नाकामा रहेका दाजुभाइ तथा दिदिबहिनीहरुलाई चाउचाउ र पानी वितरण गरेका हु । उनिसंगै नाकामा समस्यामा परेका नागरीको अवस्था बुझन प्रदेश सभा सदस्य माननीय भरत खडका समेत पुगेका थिए ।

कोरोनाको सन्त्रासले लकडाउन भएपछि ग्रामीण क्षेत्रका नागरिकका लागि प्रदेश सभा सांसद सक्रिय भएका हुन् । प्रदेश सभाको मंगलवारदेखि शुरू भएको छैठौं अधिवेशनको पहिलो बैठकको बजेट माथीको छलफलमा बोल्दै उनले प्रदेश सरकारले बिगतकै बजेटको निरन्तरता हो भन्दै टिप्पणी गरेका हुन् ।

कारोना महामारीबाट जनतालाई जोगाउ साटो प्रदेश सरकारले जन्ताको जनभावना बिपरित बजेट लिएर विकास निर्माणको काममा प्रदेशको प्रगति निकै कमजोर हने बताउँदै उनले सरकारले बेलैमा सच्चिनुपर्ने बताए ।‘सरकारले ढिलासुस्ती गरेको छ, हत्या हिंसा र बलत्कारलाई सरकारले प्रोत्सान गरेको, भ्रष्टाचार बढी रहेकाले सरकार भएको अनुभूति भएकै छैन,’ उनले भने, ‘सरकारको प्रगति पनि कमजोर छ । संसद विकासको योजनालाई बेवारिसे बनाउने काम सरकारकै मन्त्रालय र कर्मचारीबाट भइरहेको छ । यसतर्फ सरकारको ध्यान जानैपर्छ ।’

प्रदेश सरकारले शुदरुपश्चिमेली जन्ता तथा सांसदको अपमान गरेको, हाल सम्म खानेपानी र सरसफाइका योजना सही ढंगले गर्न नसकिनु शान्ती ब्यावस्था पूर्ण प्रत्याभुती गर्न सकनु सरकारको कमाृजोरी भएको बताउँदै उनले आक्रोश पोखे, ‘ उनले डडेल्धुरामा निर्मला बोहराको हत्या भएको छ ,यो घटनाको सत्य तथ्य छानबिन गरी दोशीलाइृ कारबाहीको माग गरे

यस अघि जिल्लाका सात वटै स्थानीय तहमा पुगेर सेनिटाईजर, मास्क र पञ्जालगायतका कोरोना सुरक्षाका मेडिकल सामग्री पनि स्थानीय तहलाई हस्तान्तरण गरेका छन् । गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिहरुसँग छलफल सुरु गर्दै सांसद मल्लले राहत प्रणाली र श्रोतसाधनको सुलभ बाँडफाँड र पारदर्शिता अपनाउन समेत आग्रह गरेका थिए ।

सम्बन्धित खवर

Back to top button