बैतडीमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष क्वारेन्टीनमा पुगि मनोसमाजिक परामर्स दिदै

बैतडी, १७ जेठ : अहिले भारतमा रोजगारीको लागि गएका गाउँपालिकाका सबै व्यक्ति घर आउने क्रम चलिरहेको छ। गाउँपालिकाका सबै विद्यालय भरिभराउ भइसकेका छन्। स्थानिय व्यक्ति भारतवाट आएका मानिस नजिक जान डराईरहेका छन्। स्थानियहरुमा उनीहरुमा कोराना छ भन्ने सन्त्रास छ। हुन सक्छ आफुमा भएको कोरना भारतवाट आएका व्यक्तिमा सर्न सक्छ भनेर पनि होला नजिक नजाने। यो सकरात्मक पक्ष पनि हो।

समाजिक दुरी कायम गर्नु कोरोनावाट वच्ने उपाय पनि हो। तर क्वारेन्टीनमा वसेका मानिसमा यसले गर्दा गलत सोचाइपनि जान सक्छ। तर अहिले पञ्चेश्वर, शिवनाथ गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडाका जनप्रतिनिधी वडाका क्वारेन्टीनमा पुगेर क्वारेन्टीनमा वसेका व्यक्तिहरु संग सर सल्लाह र सुझाव दिएर उनीहरुको मनोवल वढाई रहेका छन्।

सबै वडाका क्वारेन्टीनमा पुगेर मनोसमाजिक परामर्स दिने र उनीहरुका समस्याहरु वुझी समाधान गर्नलाई सबै क्वारेन्टीनको अनुगमन गरिरहेको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख वहादुर चन्दले वताए। यसरी अनुगमनमा जाँदा कोरोना सम्वन्धि जानकारी पनि दिईन्छ र उनीहरुका समस्या पनि वुझेर समाधान गर्न सजिलो हुने पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष विना भट्टले वताए।

यस्तो संकटको घडीमा जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरु आफुहरु वसेको क्वारेन्टीनमाआई आफ्ना कुराहरु सुन्ने र कोरोना सम्वन्धि जानकारी दिनाले आफुहरुलाई खुसी लागेको पञ्चेश्वर ४ को क्वारेन्टीनमा वसेका नरेन्द्र चन्दले वताए। आफ्ना जनप्रतिनिधी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी क्वारेन्टीनमा आएर सुझाव दिदाँ आफुरुलाई खुसी लाग्नुका साथै मनोवल उच्च भएको पञ्चेश्वर २ को क्वारेन्टीनमा वसेका लोकेन्द्र चन्द रजवारले वताए।

पञ्चेश्वर गाउँपालिकाका तिन हजार भन्दा वढि रोजगारीको सिलसिलामा भारतमा छन् जो अहिले आइरहेका छन्। यसै गरि शिवनाथ गाउँपालिका पनि २८ सय भन्दा वढि भारतमा रोजगारीमा रहेका छन्। अहिले सबै जना आउनाले वयवस्थापन समस्या भइरहेको छ।

आफना नागरिकको हेरचाह, सुरक्षा गर्ने र उनीहरुका समस्या वुझेर समाधारन गर्ने आफुहरुको दायित्व भएकाले क्वारेन्टीनको व्यवस्थापनका साथै अनुगमन गरिरहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले वताए। दुइटै गाउँपालिकामा एक हजार पाचँ सय भन्दा वढि व्यक्तिहरु क्वारेन्टीनमा वसिरहेका छन्।

सम्बन्धित खवर

Back to top button