क्वारेन्टीनमा बसेका ३६ जनालाई साबुन र तरकारी वितरण

डडेल्धुरा, १९ जेठ : विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको बेला क्वारेन्टीन बसेका ३६ जानालाई साबुन र तरकारी वितरण गरेको हो ।

लकडाउनले गर्दा रोजगारी गुमाएर भारत देखि आएर गन्यापधुरा गाउँपालिका वडा नं-२ गणेशपुरको गणेश मा.बि.मा बसेका नागरिकहरुलाई नेपाल बिधार्थी संघ डडेल्धुराका सदस्य एंव नेपाल बिधार्थी संघ गन्यापधुरा गाउँपालिका संयोजक तथा सिर्जनसिल युबा क्लबका पुर्ब अध्यक्ष रमेश बाहादुर माली को आर्थिक सहयोग र सिर्जनसिल युबा क्लब गणेशपुरको समन्वयमा ३६ जानालाई साबुन र तरकारी सहयोग गरेको क्लबका अध्यक्ष संजय कार्कीले बताए ।

सोमबार गन्यापधुरा गाउँपालिकाको सदरमुकाममा गणेशपुरमा रहेको क्वारेन्टीन बसेका नागरिकहरुको स्वास्थ्यलाई ख्याल गरेर संयोजक मालीले १० हजार बरावरको साबुन र तरकारी सहयोग गरेको जनाईएको छ ।

सम्बन्धित खवर

Back to top button