डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा भारतबाट फर्किएकी महिलाको क्वारेन्टिनमा मृत्यु


डडेल्धुरा, २१ जेठ : डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु भएको छ। जिल्ला गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको हो।
गन्यापधुरा गाउँपालिकाका प्रेस सल्लाकार मनोज देउवाले जेठ १८ गते कैलालीको त्रिनगर नाका भएर फर्किएकी महिलाको गएराती मृत्यु भएको बताए। श्रीमानसँगै राति शौचालय गएकी उनी एक्कासी बेहोस भएपछि मृत्यु भएको बुझिएको प्रेस सल्लाकार देउवाले बताए।



उनको आरडिटी र पीसीआर परीक्षण गरिएको छैन्।








