डडेल्धुरामा कोरोना अस्पताल संचालन गर्न प्रदेश सरकारले तत्काल बजेटको व्यवस्था गर्न सांसद मल्लको माग

डडेल्धुरा, २१ जेठ : कोरोनाका कारण देशभर लकडाउन जारी रहेपनि नेपाली काँग्रेस डडेल्धुराका सभापति एवं सुदूरपश्चिम प्रदेशका सांसद कर्णबहादुर मल्ल डडेल्धुरामा कोरोना अस्पताल संचालन गर्न प्रदेश सरकारले तत्काल बजेटको व्यवस्था गर्न माग गरेका छन ।

आजको प्रदेश सभामा बोल्दै डडेल्धुरा जिल्लामा हिजो राति २० गते राति ११:३० बजे गन्यापधुरा गाउपालिका वार्ड न-१ असिग्राम आधारभुत बिद्यालयमा गन्यापधुरा गाउपालिका वार्ड न -२ बडाल निवासी बर्ष २८ कि सबिता बि.क.को अकस्मात मृत्यु भएको छ । मृत्तकको आत्माले शान्ति पाओस भनी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको ढाई बर्षको छोरा र ६ महिनाकी छोरीको पालन पोषण र पठन- पाठनका लागि प्रदेश सरकारले कुनै न कुनै ढंगको व्यवस्थापन गर्नु पर्दछ भने।

यसै गरी डडेल्धुरा जिल्लाका सम्पूर्ण क्वारेन्टाइनहरुमा झन्डा/झन्डै ५१०० जनाको हाराहारीमा नागरिकहरु भारतबाट आएर बसिराखेका छन । उनिहरुको हालसम्मा स्वास्थ्य परिक्षण गरिएको छौन, ततकाल पिसिआर बिधिबाट स्वास्थ्य परिक्षण गर्न माग गर्दछु । डडेल्धुरा जिल्लामा भिटीएम,आरडीटी,स्वास्थ्यकर्मीलाई पीपीई र एन नाइन्टी फाइप माक्सको अभाव छ , यी अभावलाई यथा सिघ्र प्रदेश सरकारको सामाजिक मन्त्रालयले उपलब्ध गराओस भनेर आग्रह गर्दछु ।

साथै जिल्ला डडेल्धुराको विपद व्यवस्थापन समितिले मिति २०७७/०२/११ गतेको निर्णय सहित डडेल्धुराको अपि सामुदायिक अस्पताललाई कोरोना अस्पतालको रुपमा संचालन गर्ने आवश्यक तयारी गरिसकेको जानकारी प्रदेश सरकारलाई पठाईसकेको छ । आजका दिन सम्म पनि कार्यान्वयन नभएको हुनाले अपि सामुदायिक अस्पताललाई कोरोना अस्पतालको रुपमा संचालन गर्न प्रदेश सरकारले यथा सिघ्र बजेटको आवश्यक व्यवस्थापन गर्नको लागि माग माग गर्दछु ।

सम्बन्धित खवर

Back to top button