क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमताबढाउने कालो धानको बारेमा जानकारी राखौँ


कालो धान अर्थात ‘जी–६० ब्ल्याक राइस’ उच्च पोषणयुक्त धान हो । एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाएमा क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता कालो धानमा रहेको कृषि विज्ञ केदार बुढाथोकी बताउनुहुन्छ । अन्य चामलजस्तै गरी सेवन गरेमा उच्च पोषण तत्वका कारण कालो चामलको भात पचाउन सकिँदैन । पकाउनु भन्दा अघि दुई घन्टा भिजाएर मात्रै पकाउनुपर्ने र भिजाएको पानीलाई सर्वतको रुपमा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुने उहाँको भनाई छ ।
प्रतिकेजी ७ सय रुपैयाँ मूल्य रहेको कालो चामलको मूल्य यस वर्ष अझै बढ्ने अनुमान गरिएको छ । स्वास्थ्यवद्र्धक भएकाले यो धान स्थानीय र राष्ट्रिय बजारमा बिक्री हुनुका साथै अन्तर्रा्ष्ट्रिय बजारमा पनि यो धानको माग बढ्दै गएको छ ।
कालो धानको खेती अरु धानको खेती सरह नै गर्नै गरिन्छ । अचेल कालो चामलका धेरै जातहरु उपलब्ध भए पनि चिनिया कालो चामल बढी प्रचलित छ ।



नेपालमा कालो धानको प्रवेश :
नेपालको जमिनमा यो धानले प्रवेश गरेको चार पाँच वर्ष मात्र भएको छ। स्थानीय जात सरह नै फल्ने यो धान नेपालमा स्थानीयकरण भइसकेको छ।एसआरआई पद्धतिबाट धान रोप्ने हो भने झन्डै अरू धानभन्दा दोब्बर उत्पादन हुन्छ। यो धान अरयाज स्याटीभा जाती अन्तर्गत ज्यापोनिक समूहमा पर्छ।
यो प्रजातिअन्तर्गत विभिन्न २० उपप्रजातीहरू पाइन्छ ।
यो चामल एसियन उत्पादन हो। किनकि रेडियो कार्बन डेटिङबाट प्रमाणित भएअनुसार यो ब्ल्याक राइस आजभन्दा आठ हजार दुई सयदेखि १३ हजार वर्षपहिलो चीनमा खेती गरिएको भन्ने भनाइ छ तर आधिकारिक पुष्टि भइसकेको छैन। मध्यनियोलियिक समयतिर नै एसिया, युरोपलगायतका महाद्वीपमा खेती गरिएको भन्ने भनाइ पनि रहेको छ।
चीनको याङ्त्से नदी तथा पर्लस नदी उपत्यकामा पाँच हजार बीसीतिर खेती भएको र दक्षिणपूर्वी एसिया मा चार हजार तीन सय ५० बीसीतिर विस्तार भएको भन्ने भनाइ पनि रहेको छ।पछि भियतनाम र भारतको बेलान र गंगा नदी आसपासमा खेती भएको पाइन्छ।
यो चामल संसारभर उत्पादन भएको छ। जापान, थाइल्यान्ड, इन्डोनेसियालगायत थुप्रै देशमाभएको खेती भई आएको छ भने चीनमा ६७ प्रतिशत खेती हुने गरेको छ।यो धान अत्यन्त महँगो छ। अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार प्रतिकिलो ८ देखि २५ डलरमा खरिद बिक्रीभइरहेको छ।
कसरी खाने ?
यो धानको चामलमा बढी प्रोटिन हुन्छ। यो चामल मात्रै पकाएर खाने भन्दा पनि अन्य धानमा मिसाएर खाँदा राम्रो हुन्छ। यो चामल मात्रै पचाउन गाह्रो पर्छ, १० भाग चामलमध्ये एक भाग यो चामल मिसाउँदा राम्रो हुन्छु ।
यो चामलप्रति व्यक्ति एक छाकमा १५ ग्रामभन्दा बढी खाँदा अपच हुन्छ। अन्य चामलमा यो मिसाउँदा यसलाई ८ घण्टा भिजाउनुपर्छ। यसको चौलानीमा समेत धेरै पौष्टिक हुन्छ। चौलानी कि सर्वतको रुपमा खाने कि त त्यही भातमा हाल्ने गर्नुपर्छु ।
कालो चामलमा पाइने पोषक तत्वहरु प्रतिएक सय ग्राम कालो चामलमा एलानाइन ०. ४३७ ग्रा, आरजिनाइन ०.५६९ ग्रा, खरानी १.२७ ग्रा., एस्पारटीक एसिड ०.७०२ ग्रा., क्याल्सियम ३३ मि.ग्रा, पाइन्छ।
त्यस्तै कार्बोहाईड्रेड ७६.१७ ग्रा, तामा ०.२७७ मि ग्रा, सिस्टाइन ०.०९१ ग्रा., शक्ति ३६२ किलोक्यालोरी, मोनोस्याचुरेटेड फ्याट्टी एसिड ०.९७१ ग्रा.पाइन्छ। खाद्य फोलेट २० माइक्रोग्राम, ल्गुटामिक एसिड १.५२८ ग्राम, ल्गाइसाइन ०.३६९ ग्राम, हिस्टीडाइन ०.१९० ग्राम, आइरन १.८० मिलिग्राम र आइसोल्युसाइन ०.३१८ ग्राम पाइन्छ।
प्रोटिन ७.५० ग्राम, राइबोफ्ल्याविन ७.५० ग्राम, सेराइन ०.३८८ ग्राम, सोडियम ४ मिलिग्राम, थायामिन ०.४१३ मिलिग्राम, थ्रेओनाइन ०.२७५ ग्राम, जम्मा लिपिड २.६८ ग्राम, ट्रिप्टोफान ०.०९६ ग्राम, टाइरोसाइन ०.२८१ ग्राम, भायलाइन ०.४४० ग्राम, विटामिन बी–६ ०.५०९ ग्राम, पानी १२.३७ ग्राम, जिङ्क २.०२ ग्राम पाइन्छ।
विदेशी मुद्रा आर्जन गर्ने मुख्य वाली :
२२ सय मिटर उचाइसम्म यो धान फल्छ, धुले व्याडमा विउ लगाउन सकिन्छ। यो हाम्रो देशैभर उत्पादन हुन सक्छ । यो
धान विदेशी मुद्रा आर्जन गर्ने मुख्य कृषि वाली हुन सक्छ । त्यसैले कालो धानलाई धानहरुको राजा भन्दा फरक नपर्ला ।








