आरडीटी परीक्षण बन्द गर्न सांसदहरुको माग


धनगढी, २५ जेठ : सुदुरपश्चिममा आरडिटी परीक्षण बन्द गर्न माग गरिएको छ। आज बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले आरडिटी परीक्षणको विश्वसनीयता नभएको भन्दै बन्द गर्न माग गरेका हुन्।
बैठकमा ढ्यापढ्यापे समय लिएर बोल्दै पूर्व मन्त्री समेत रहेका नेकपाका प्रदेश सभा सदस्य दीर्घ सोडारी, नेकपाकै पूर्णा जोशी र नेपाली कांग्रेसका भरत बहादुर खड्काले आरडिटी परीक्षण बन्द गर्न माग गरेका हुन्।



उनीहरुले आरडीटी नेगेटिभ देखिएकाहरुको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको उल्लेख गर्दै त्यसलाई रोकेर पीसीआर परीक्षण बढाउन माग गरिएको छ।








