डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा ७ जनामा आरडिटी पोजेटिभ

डडेल्धुरा, २५ जेठ : डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा आइतबार गरिएको आरडिटी परिक्षणमा ७ जना पोजेटिभ देखिएको छ।
तीन वडाहरुका क्वारेन्टीनमा बसेकाहरुको आरडिटी परिक्षण गर्दा ७ जनामा पोजेटिभ देखिएको कैलपालमाण्डौ स्वास्थ्य चौकिका प्रमुख समिक्षा श्रेष्ठले जानकारि दिईन।

गन्यापधुरा गाउँपालिकाको वडा न-४ मा रहेको भुवनेश्वरी माध्यमिक बिद्यालयको क्वारेन्टीनमा २ जना, लाटामाण्डौ आधारभुत बिद्यालयको क्वारेन्टिनमा ३ जना र ५ मा बनाएको सरस्वती प्राबिको क्वारेन्टिनमा २ जना गरी ७ जनामा आरडिटि रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य चौकिका प्रमुख श्रेष्ठले बताइन्

पोजेटिभ देखिएका ७ जनालाई फेरी क्वारेन्टीनमा राखिएको र अरु नेगेटिभ आएकाहरुलाई होम क्वारेन्टीनमा बस्ने गरी घर पठाईएको वडा नम्बरका ४ का वडाध्यक्ष्म चेतराज भट्टले बताए।

सम्बन्धित खवर

Back to top button