सुदूरपश्चिम प्रदेशमा थप एक जनामा कोरोना पुष्टि

धनगढी, २५ जेठ : सुदूरपश्चिममा आइतबार थप एक जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप एक जनामा कोरोना पुष्टि भएको हो।

कैलालीकोे गौरीगंगा नगरपालिका–११ मसुरियाका ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय १० पुगेको छ।

सम्बन्धित खवर

Back to top button