कञ्चनपुरमा कोरोना रिपोर्ट नेगेटिभ आएको भन्दै उपमेयरले संक्रमितलाई घर पठाइदिए


कञ्चनपुर, २७ जेठ : कञ्चनपुरको पुनरवास नगरपालिकाकी उपप्रमुखको लापरबाहीका कारण एक परिवार कोरोना संक्रमणको त्रासमा छ।
नगरपालिकाकी उपप्रमुख शारदा शर्मा विष्टले कोरोना रिपोर्ट पोजेटिभ आएका युवाको रिपोर्ट नेगेटिभ आएको भन्दै घर लैजान आग्रह गरेकी थिइन। त्यसपछि संक्रमित दाईलाई घरसम्म लग्न उनका भाई साइकलमा गएका थिए। भीम बस्तीको बिजय उच्च माविबाट मोती बस्तीसम्म दाईलाई साइकलमा बोकेको संक्रमितका भाइले बताए।



त्यसपछि ती संक्रमित पुरुषलाई लग्न एम्बसलेन्स घरमा आएपछि मात्रै परिवारका सदस्यलाई सत्यता थाहा भयो। सो विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा उपप्रमुख विष्टले मिटिङमा रहेको बताइन।
अहिले उनको परिवारका पाँच जना सदस्य कोरोना संक्रमणको त्रासमा छन्। उनीहरुको कोरोना परीक्षणका लागि हालसम्म कुनै पहल भएको छैन्। संक्रमित पुरुषलाई सोमबार नै सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याइएको छ। उनी २० दिन पहिले भारतबाट पुनर्वास पुगेका थिए।








