डडेल्धुराको क्वारेन्टिनमा मदिरा बिक्रि गर्ने एक जना प्रहरी नियन्त्रणमा


डडेल्धुरा, २८ जेठ : डडेल्धुरा जिल्लामा क्वारेन्टाइनभित्र मदिरा बिक्री वितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अमरगढी नगरपालिका–१० राईस्थित सहश्रलिङ्ग माध्यामिक विद्यालय राईमा रहेको क्वारेन्टाइनभित्र रहेका व्यक्तिहरुलाई मदिरा बिक्री गरेको आरोपमा सन्तोष ऐरलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।











