सासद मल्ल क्वारेन्टीनमै पुगी नागरिकहरुलाई आत्मबल बढाउदै

डडेल्धुरा, ३० जेठ : बिश्व भरी फैलिएको कोरोना भाइरस (कोभिड-१९) को माहामारीका बेला निरन्तर जिल्लाबासीको पिरमार्काका मलम लगाउदै नेपाली काग्रेस डडेल्धुराका सभापति एव सुदुरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले भारतबाट आएर क्वारेन्टीनमा बसीरहेका नागरिकहरुलाई हौसला दिन अजयमेरु गाउँपालिका बिभिन्न क्वारेन्टीनमा पुगेका हुन ।

डडेल्धुरा जिल्लामा पहिलो पटक कोरोना संक्रमण देखिएपछि सासद मल्ल अजयमेरु गाउँपालिका वार्ड न ५ र ६ अन्तरगतका क्वारेन्टाइनहरुमा बसीरहेका नागरिकहरुलाई विभिन्न सल्लाह, खानपान र अन्य कुराहरुको बारेमा जानकारी गराउदै उनीहरुलाई हौसला दिनका साथैआत्मबल बढाउने कार्य गर्न सक्रिय देखिन्छन ।

उनले अजयमेरु गाउँपालिकाका बिभिन्न क्वारेन्टीनमा बसीरहेका व्यक्तिहरुलाई आत्माबल बढाउनुका साथै गाउपालिका वार्ड न ५ र ६ अन्तरगतका क्वारेन्टाइनहरु चेतना मा.वि राजुल, देवलम मा.वि र गोजलिङ्ग आ.वि,तलपाखामा पुगि चाउचाउ र बिस्कुट समेत बितरण गरेका हुन ।

क्वारेन्टीनमा बसीरहेका नागरिकहरुलाई घरायसी रोगप्रतिरोधात्मक जटीबुटी जस्तै टिमुर,हल्दी,गुर्जो,बेसार, अदुवा लगायतका जटीबुटीहरुको मिश्रण गरेर दिनमा ३/४ चोटी खान पनि साँसद मल्लले आग्रह गरेका छन ।

सम्बन्धित खवर

Back to top button