बिदेशबाट बिक दाजुभाईले गरे क्वारेन्टिनमा बस्नेलाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग


डडेल्धुरा, ३१ जेठ : डडेल्धुराको नवदुर्गा गाउँपालिका क्वारेन्टिनमा बस्नेहरुलाई बिदेशबाट बि.क तिन दाजुभाईले खाद्यान्न, तरकारी र स्वास्थ्य सामाग्री सहयोग गरेका छन्। डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं-५ निवासी शेर बहादुर बि. क. (अस्ट्रेलिया), दान बहादुर बि. क. (मेन्मार्क) र चक्रमणी बि.क. (अमेरीका)ले क्वारेन्टिनमा बस्नेहरुलाई खाद्यान्न, तरकारी र स्वास्थ्य सामाग्री सहयोग गरेका हुन।
उनीहरुले नवदुर्गा गाउँपालिका वडा नं-४ मा क्वारेन्टिनमा बसी रहेका १९३ जना व्यक्तिलाई आज (शनिबार) खाद्यान्न तरकारी र स्वास्थ्य सामाग्री सहयोग गरेको हुन। गौडेश्वर मा.बि मा रहेको आइसोलेसनमा ३ जना, कैलपाल आधारभुत विद्यालयमा रहेका ९० जना, जनक आधारभूत विद्यालयमा रहेका ५० जना, मेल्कटेमा रहेका १० जना, मम्ममा रहेको ३५ जना र गाँजरी होम क्वारेन्टिनमा रहेका ५ जनालाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरेको उनका भाइ तथा प्रेस युनियन डडेल्धुराका उपाध्यक्ष भान बहादुर बि.कले बताए ।




क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई चामल २.२५ क्वीन्टल, दाल ५५ किलो, तेल १ पेटी, नुन ८ पाकेट, मसला २४ पाकेट, आलु ४० किलो ,काउली ४० किलो , सोयाबिन १६ पाकेट तथा सेनिटाइजर १७१ पिस, मास्क २०० पिस, एन ९५ मास्क ५ पिस, नुहाउने साबुन १९३ पिस, सहयोग हस्तान्तरण गरिएको नेपाल बिधार्थी डडेल्धुराका नेता लाल बहादुर बि. क ले जानकारी दिए ।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरुका लागि बिदेशबाट खाद्यान्न, तरकारी र स्वास्थ्य सामग्री सहयोग गरेकोमा वडा अध्यक्ष पदम बहादुर बिष्टले तिनै जना बि.क दाजुभाईलाइ धन्यबाद दिए ।









