बैतडीका २१ सहित सुदूरपश्चिम प्रदेशमा थप ६८ जनामा कोरोना पुष्टि


डडेल्धुरा, १ असार : सुदूरपश्चिम प्रदेशमा बैतडीका २१ सहित थप ६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा आज एकै दिन ६८ जना पोजेटिभ देखिएका छन् ।
बैतडीका २१ जना, डोटीका २० जना, अछामका ३ जना, कैलालीमा १३ जना, र कञ्चपुरमा ११ जना पोजेटीभ देखिएको स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक गुणराज अवस्थीले पुष्टि गरेका छन् ।











