पिसिआर मेसिनका लागि मेयर साउदले गरे ५ लाख दिने घोषणा


डडेल्धुरा, २ असार : डडेल्धुरामा पिसिआर मेसिन खरिदका लागि परशुराम नगरपालिका नगरप्रमुख भीमवहादुर साउँदले व्यक्तिगत ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा पिसिआर मेसिन स्थापनाका लागि मेयर साउदले दिवङ्गत दाई दलबहादुर साउदको स्मृतिमा ५ लाख दिने घोषणा गरेका हुन् ।



राजेन्द्र निर्माण सेवा प्रालिकातर्फबाट ५ लाख रुपैया प्रदान गरेको ह्यमुमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायलले जानकारी दिए । डडेल्धुरामा पिसीआर मेसिन जडान गर्ने तयारी थालिएको छ । समाजीक अभियन्ताले स्वास्थ्य मन्त्रालयलाई मेसिन उपलब्ध गराएको डडेल्धुरा पठाउने समेत तयारी भइरहेका छन् ।








