नवदुर्गाका १५ सहित डडेल्धुरामा आज थप ३९ जनामा कोरोना पुष्टि

डडेल्धुरा, ६ असार : डडेल्धुरा नवदुर्गाका १५सहित डडेल्धुरामा आज (शनिबार) थप ३९ जनामा कोरोना पुष्टि भएको छ । काठमाण्डौ टेकु प्रयोगशालामा गरिएको परिक्षण १२ जना र सेती प्रादेशक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा २७ जना फेला परेका हुन ।

शनिबार थप भएका मध्ये सबै भन्दा बढी भागेश्वर गाउँपालिकाा २२ जना रहेका छन् । नवदुर्गा गाउँपालिका १५ जना र एक आलिताल गाउँपालिका रहेको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड-१९ सम्र्पक व्यक्ति हरिप्रशाद भट्टले बताए ।

परशुराम नगरपालिकामा पनि थप जना कोरोना संक्रमण भएको उनले बताए। यो संगै डडेल्धुरामा संक्रमितको १ सय ७१ पुगेका छ ।

सम्बन्धित खवर

Back to top button