सिगास गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वडा नं.१ सिल

बैतडी, ६ असार : बैतडीको सिगास गाउँपालिकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि वडा नं १ सिल गरिएको छ । सिगासमा हाल १६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ३ जना घरमै बसेका छन् । १३ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ । पिसिआर पोजेटेभ देखिएकाहरु गाउँघरमा सबै संगघुलमिल भइरहेकाले आफुहरुलाई पनि डर लागिरहेको सिगास गाउँपालिका १ का स्थानिय रोशन बिस्टले बताए ।

यो सङ्गै रोग नियन्त्रणका लागी सिगास गाउँपालिका १ नम्बर वडाका अध्यक्ष गगन धामी, गाजारी चौकिका प्रहरी हवल्दार हरि रोकाया र सम्पुर्ण दलका प्रमुख दलका प्रमुख ब्याक्तिहरुको रोहवरमा बैठक बसी सम्पुर्ण टोलहरुलाई पुर्ण रुपमा सिल लगाएको वडा नम्बर १ वडाका अध्यक्ष गगन धामी बताए।

कोरोना संक्रमितलाई होम क्वारेन्टिनमा राख्दा स्थानिय त्रसित बनेका छन् । केन्द्र सरकार, प्रदेस सरकार र स्वास्थ्य मन्त्रालयले विना लक्षणका विरामीलाई आइसोलेसनको आवस्यकता नपर्ने र होम क्वारेन्टीनमा राख्न सकिने भन्ने परिपत्र आएपछि अहिले आरडिटी पोजेटिभ र पिसिआर पोजेटीभलाई होम क्वारेन्टीनमा राख्ने गरिएको छ । सरकारको यो निर्णयले स्थानिय भने त्रसित भएको पाइन्छ ।

सम्बन्धित खवर

Back to top button