वैवाहिक अंगिकृत नागरिकताको सात वर्षे प्रावधानप्रति प्रतिपक्षी दलको आपत्ति

काठमाडौँ, ७ असारः नागरिकता विधेयकमा पस्तावित विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिन सकिने प्रावधानप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले आपत्ति जनाएका छन्।

आइतबार संसदको राज्य व्यवस्था समितिमा जारी नागरिकता विधेयकमाथिको छलफलका क्रममा कांग्रेस र जसपाका सांसदले वैवाहिक अंगिकृत नागरिकताका लागि सात वर्ष कुर्नुपर्ने प्रावधान राख्न नहुने बताएका छन्।

समितिमा कांगेस सांसद दिलेन्द्र बडु, अमरेश कुमार सिंह र जसपाका राजेन्द्र महतोले नागरिकता विधेयकमा सात वर्षे प्रावधान हुन नहुने बताए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भने ‘विदेशी बुहारी’लाई सात वर्षपछि मात्रै अंगिकृत नागरिकता प्रदान गर्न सकिने औपचारिक निर्णय गरिसकेको छ।

नेपाली कांग्रेसले वैवाहिक नागरिकताका लागि सात वर्षे प्रावधान मान्न नसकिने र उक्त प्रावधान संविधान विपरित भएको बताउँदै आएको छ।

सम्बन्धित खवर

Back to top button