डडेल्धुरामा बलात्कारको आरोपमा अजयमेरुका एक युवक पक्राउ

डडेल्धुरा, १५ असार : डडेल्धुरा प्रहरीले बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका –२ बसना बस्ने मिनबहादुर साँकी रहेको प्रहरीले जनाएको छ। उनीमाथि अमरगढी नगरपालिका –४ भलिया बस्ने एक स्थानीय महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको हो।

आइतबारजबरजस्ती करणी गरेको जाहेरीको आधारमा साँकीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराकाका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। पक्राउ परेका साँकीमाथि जिल्ला अदालत डडेल्धुराबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए।

सम्बन्धित खवर

Back to top button