इकाई प्रमुख रामकृष्ण राजथलाले प्राबिधिकहरुको सेवा सुबिधा भुक्तानी नगरी अछामबाट भागे

डडेल्धुरा, २२ असार : सुदुरपश्चिम प्रदेशका ६ पहाडी जिल्लामा संञ्चालित पर्वतिय जलाधारहरुको जलवायु परिवर्तन सामानुकुलन आयोजनाको कार्यान्वयन इकाई अछामका प्रमुख रामकृष्ण राजथलाले प्राबिधिकहरुको सेवा सुबिधा भुक्तानी नगरी अछामबाट भागेका छन । आयोजनाको कार्यक्षेत्र बैतडी डोटी अछाम र बाजुरा जिल्लामा कार्यरत ३२ जना प्राबिधिक कर्मचारीहरुको बैशाख महिना देखीको तलब र माघ महिना देखीको फिल्ड भता तथा मर्मत खर्च बाफतको रकम इकाई प्रमुख राजथला भुक्तानी नगरी काठमाडौँ भगेका छन ।

फिल्डमा कार्यरत प्राबिधिकहरुले आफुले पाउने तलब तथा फिल्ड भता र मर्मत खर्च बाफतको रकम इकाइ प्रमुख राजथलाले भुक्तानी गर्न आनाकानी गरिरहेका छन । इकाइ प्रमुख राजथलाको निजी स्वार्थका कारण तलब तथा फिल्ड भता र मर्मत खर्च बाफतको रकम भुक्तानी नभएको प्राबिधिकहरु भनाइ छ । आफुहरुले पाउने सेवासुविधा नपाए कानुनी प्रक्रियामा जाने उनिहरुले बताए ।

आयोजना कार्यान्वयन इकाइ अछामका प्रमुख राजथलाले गत फागुनमा सम्मझौता गरि कार्यआदेश समेत दिएर फिल्डमा प्राबिधिक हरु खटाइ काम सुरु गराएका थिए । अहिले आएर बिना जानकारी काम गरेको रकम फ्ररीज गर्न खोजेको गुनासो प्राबिधिकहरुको छ ।

प्राबिधिकहरुलाई जानकारी नदिइ लकडाउनको बेला कामै नगरि अछाम र बाजुराका दुर्गम क्षेत्रतिरका ११ वटा उप आयोजनाहरुको बिल भुक्तानी गरेको प्राबिधिकहरुको भनाई रहेको छ ।

सम्बन्धित खवर

Back to top button