भोलिदेखि अन्तर बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क लाग्‍ने

काठमाडौँ, ३१ असारः भोलीदेखि अन्तर बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ ।

बुधबार एक सूचना निकाली नेपाल बैंकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था भोलिदेखि एउटा बैंकको एटीमबाट अर्को बैंकको एटिमबाट रकम निकाल्दा शुल्क लिने जनाएको छ।

लकडाउनको कारण बैंक तथा वित्तीय संस्थाहरुले अन्तर बैंकको एटिएम सुविधाबाट निस्शुल्क पैसा निकाल्ने व्यवस्था गरेको थियो ।

जारी गरेको विज्ञप्तीमा सबैजसो वित्तीय संस्थाका शाखाहरु खुला रहेको तथा बन्दाबन्दी समेत खुकुलो भई आवत जावत खुकुलो भइसकेको अवस्थामा २०७७ साल साउन १ गतेदेखि विद्युतीय कारोवार तथा नगद झिक्न अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लिने निर्णय भएको छ ।

सम्बन्धित खवर

Back to top button