भारी बर्षा मापन, उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध


काठमाडौँ, ३ साउनः डडेलधुरा रंघुन-पन्टुरागाड नदीजलाधारमा भारी बर्षा मापन गरिएकाले रंघुनको महाकालीदेखि दोभानसम्मको क्षेत्रमा खतरा बढेको छ । उक्त क्षेत्रहरुमा बाढीको संभावना रहेकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले शनिबार बिहान ७ बजे जारी गरेको अलर्ट ‘सूचना’ अनुसार मध्यान्न १२ बजेसम्म उक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



महाकालीकाे जलसतह बढ्ने तर खतरा भन्दा तलै रहने महाशाखाले जानकारी गरेको छ।









