अनुदानको मल बढी मुल्यमा बेच्ने दुईजना पक्राउ

पर्सा, ३० साउनः अनुदानको मल बढी मुल्यमा बेच्ने दुई जनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।

अनुदानको मल बढी मुल्यमा बिक्री गर्ने बारा कलैया उपमहानगरपालिका १ राजदेवी टोल स्थित कुशवाहा बिज भण्डारका संचालक कलैया १७ बस्ने ३४ बर्षिय मुरारी साह तेली र श्री आसकामिनि माई कृषि सहकारी संस्था कलैयाका कर्मचारी कलैया १ मा बस्ने धनन्जय प्रसाद साहलाइ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु दुवैजनाले आफ्नो सहकारीको नाममा साल्ट ट्रेडिङ्ग वीरगंजबाट अनुदानमा मलखाद खरिद गरि तोकिएको मुल्य भन्दा बढी मुल्यमा मल बिक्री गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुसहित सहकारीको गोदामबाट साल्ट ट्रेडिङ्ग वीरगंजबाट खरिद गरेको युरिया मल १९ बोरा, सल्फेट १४ बोरा र भारतीय युरिया मल २२ बोरा गरी ५५ बोरा मलसमेत बरामद गरेको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले बताए ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही भई रहेको मिश्रले बताए।

सम्बन्धित खवर

Back to top button