सुनको मूल्यमा सामान्य गिरावट


काठमाडौँ, १० भदौः केही दिन यता सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानिकरी गरेको छ ।



मंगलबार तेजाबी मूल्य तोलामा ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।








