गुण्डागर्दीमा संलग्न राधे भण्डारी पक्राउ

काठमाडौं, २३ असोज : गुण्डा नाइके राधे भण्डारीलाई गुण्डागर्दीमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ। सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधीलाई धाक–धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङक प्रहरी उपरिक्षक (एसपी) महेन्द्र खड्काले जानकारी दिए। सिद्धलेक गाउँपालिकामा राधेले क्रसर सञ्चालन गरेका छन्। प्रहरीले उनको क्रसर पनि बन्द गराएको छ। अर्काको नाममा ठेक्का पारेर उनले सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएका थिए।

सम्बन्धित खवर

Back to top button