बागबजार–कीर्तिपुर सडक स्तरोन्नतिका बिषयमा नेपाली काँग्रेस डडेल्धुराको ध्यानाकर्षण


डडेल्धुरा, २९ असोज : डडेल्धुरा जिल्ला सदरमुकाममा पर्ने मुख्य महाकाली राजमार्ग अन्तरगतको बागबजार–कीर्तिपुर सडक स्तरोन्नतिका लागि तत्काल सम्बन्धित निकायलाई माग गर्दै सो सडकको स्तरोन्नतिका बिषयमा नेपाली काँग्रेस डडेल्धुराको ध्यानाकर्षण छ।
सुदुरपश्चिम प्रदेशको सम्पूर्ण पहाडी जिल्लाहरुको प्रवेशदारका रुपमा रहेको डडेल्धुरा जिल्लाको सदरमुकाम बागबजार-किरमडे सडक खण्ड बढ्दो बजारीकरण र जनचापका कारण साघुरो र असहजबन्दै गएको छ । सडक क्षेत्र बिस्तार स्तरोन्नतीका लागि नेपाल सरकारले बजेट बिनियोजन गरेर सडक डिभिजन कार्यालय डोटीले दुई दुई पटक टेण्डर आह्वान गर्दा समेत बिभिन्न अबरोध र मुआब्जाको समस्याका कारण टेण्डर रद्ध हुदै आएको सन्दर्भमा मिति २०७७ असोज २८ गतेका दिन नेपाली काँग्रेस डडेल्धुराको बिशेष पहलकदमी गरेको नेपाली काँग्रेस डडेल्धुराले प्रेस बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो।



डडेल्धुरा स्थित सम्पूर्ण राजनितिक दलहरुको आपसी समझदारीमा अमरगढी नगरपालिकाको आयोजनामा बसेको सर्वदलीय, सर्वपक्षिय बैठकले बागबजार–कीर्तिपुर सडक स्तरोन्नतिका लागि महत्वपूर्ण भुमिका खेलेको नेपाली काँग्रेस डडेल्धुराको ठहर छ ।
सडकको बढ्दो चाप व्यवस्थित गर्ने अभिप्रायले गरिएको यो पहल स्वागत योग्यकदम रहेको हाम्रो ठहर छ । उक्त बैठकले पेचिलो बनि राखेको मुआब्जाको बिषयलाई सम्बोधन त गरेको छ नै लामो समय देखिका बिभिन्न छलफल र बिभिन्न प्रयासहरुको उच्च मुल्याङ्कन गर्दै सडक क्षेत्र १५÷१५ मिटर दायाँ बायाँ स्तरोन्नती गरि बजार क्षेत्रको सौन्दर्याता र आवतजावतलाई सहजता सहयोग पुग्ने गरि मत्वपूर्ण ठोस निर्णय समेत गरेको नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्ण बहादुर मल्लले बताए ।
सभापति मल्लले हामी उक्त निर्णय यथासिघ्र चाडो कार्यान्वयनमा ल्याइयोस भनि सम्बन्ध पक्षको ध्यानाकर्षण गराउदै निर्णय कार्यान्वयनका लागि पूर्ण प्रतिबद्ध रहेको समेत प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन ।








