बालिकाको हत्या प्रकरणः तनाव बढेपछि बर्दिबासमा कर्फ्यू !


काठमाडौं २०७७, १० मंसिर : बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि निषेधाज्ञा जारी भएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चौक सम्म। निषेधाज्ञा अबधिभर र उक्त क्षेत्र मा ५ जना भन्दा बढी भेला जम्मा हुन नपाउने,अनाबस्यक भेला हुन पाउने छैन। निषेधाज्ञा अबधिमा राजमार्ग भने सुचारू रहने छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले आज बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए। विरोधका क्रममा भएको प्रदर्शनका क्रममा प्रहरीलाई गोली लागेर गम्भीर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को काठमाडौंमा उपचारको क्रममा मृत्यु भएपछि हुनसक्ने सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।




कटुवालकाअनुसार आज बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो। बलात्कार आरोपितको घरमा प्रदर्शनकारीले आगजनी गरेपछि आगो नियन्त्रण गर्न गएको बर्दिबास नगरपालिकाको दमकललाई समेत रोकेका छन् ।







