सिन्दूर हाल्दा-हाल्दै प्रहरी आएर, रिसाएका बेहुलाले बेहुलीकै बहिनी लिएर टाप कसे


भारत २०७७ , १ पुस : बेहुलाले बेहुलीलाई सिन्दूर हाल्दाहाल्दै प्रहरी आएर बालविवाह भएको भन्दै विवाह रोकिदिएपछि रिसाएका बेहुलाले बेहुलीकी बहिनी नै लिएर भागेका छन्।
यो घटना गत बिहीबारको हो। भारतको मध्य प्रदेशको मुरैना जिल्ला अन्तर्गत पोरसा थाना क्षेत्रमा दलित नाबालिग किशोरीको विवाह हुँदै गरेको सूचना पाएपछि पुलिस र महिला तथा बालविकास विभागले किशोरीको उद्धार गरेका थिए। परिवारलाई सम्झाइबुझाइ गरेर किशोरीलाई पुलिस थाना ल्याइएको थियो। तर, यो विवादका बीचमा बेहुलाले बेहुलीको सिउँदोमा सिन्दूर हालिदिए।



पुलिसले नाबालिग किशोरीको विवाह रोक्नुका साथै अपहरित बालिकाको पनि उद्धार गरेको छ। अपहरणमा सहयोग गर्ने बेहुलाकी आफन्त एक महिलालाई पुलिसले पक्राउ गरेको छ। अपहरणकारी बेहुला भने फरार रहेको टाइम्स आफ इण्डियाले जनाएको छ।
बिहे रोकिएपछि रिसाएका बेहुला आफन्तको साथमा बेहुलीको घरमा पुगेका थिए। त्यसपछि उनले बेहुलीकी १२ वर्षकी बहिनीलाई बिहे गर्ने उद्देश्यका साथ जबरजस्ती साथमा लिएर गए। त्यसको जानकारी पाएलगत्तै पुलिसले खाजी गरी अपहरित बालिकालाई उद्धार गरेका थिए।







