फिदिममा तीजकाे राैनक

-दिपक घिमिरे

पाँचथर : पाँचथरकाे फिदिममा धुमधामका साथ तीज मनाइएकाे छ । फिदिममा तीज मनाउँदा आफ्नै माैलिकता झल्कने गरी धुमधामका साथ तीज मनाइएकाे हाे । आफ्ना माैलिक गीत स‌ंगीतका साथमा यस पटक तीज मनाइएकाे स्थानीय बताउँछन् ।

आधुनिक संस्कृतिले पुरै नेपाली समाजलाई धुमिल पारिरहेका बेला पाँचथरकाे सदरमुकामै भने तीजलाई परम्परागत रुपमा मनाइएकाे छ । यसपटक आफ्नै माैलिकतामा आधारित भएर तीजलाई धुमधामका साथ मनाइएकाे फिदिम-१ की रमिता बानियाले बताइन् ।

फिदिम- १ कै सरु लिम्बु भन्छिन् ‘यसपटककाे तीजमा माैलिक रुपमै नाँचगान भयाे, यसले हामी दर्शकलाई पनि बहुत रमाइलाे बनायाे ।’ साेही ठाउँकी मनिसा क्षेत्रीले तीजकाे नाममा भित्रिएकाे विकृतिलाई हटाउने प्रयास स्वरुप आफ्नै भाका र आफ्नै माैलिक बाध्यबाधनका साथ नाँचगान गरिएकाे बताएकी छिन् । चेलीबेटीले गाउँ२रकै भाका हालेर गीत गाउँदै नाँच्दै गर्दा पूराना दिनहरु सम्झिएकाे स्थानीय बुढापाकाहरुले बताएका छन् ।

सम्बन्धित खवर

Back to top button