श्रीकृष्णले युधिष्ठिरलाई बताएको गरीबी हटाउने उपाय


काठमाडौंं : महाभारतमा भगवान् श्रीकृष्णले केही यस्ता वस्तुको वर्णन गरेका छन्, जसलाई घरमा राखेर सामान्य मनुष्यले दरिद्रता भगाउन सक्छ । सनातन धर्मका पौराणिक दस्तावेज र शास्त्रहरूमा मनुष्य जीवनका हरेक ठूलासाना सम’स्याका समा’धान बताइएका छन् । महाभारतका अनुसार एकचोटि जेठा पाण्डव युधिष्ठिरले श्रीकृष्णलाई सोधेका थिए, ‘घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि के गर्नुपर्छ ?’
युधिष्ठिरको यस प्रश्नको जवाफमा श्रीकृष्णले केही वस्तुहरू घरमा भएमा दरिद्रता नआउने बताएका थिए । उनका अनुसार प्रतिदिन घरमा गाईको घिउले बालेको दियो दान गर्दा अनि घिउबाट भोगप्रसाद चढाउँदा देवीदेवताको कृपा वर्षन्छ । यस्तो गर्दा घरमा दरिद्रताको वास हुँदैन । घर आएका पाहुनालाई पानी पिउन दिँदा अशुभ ग्रह टर्छन् । त्यसैले कोही घरमा आउनेबित्तिकै पहिला पानी दिनुस् ।



महलाई पवित्र खाद्यान्न मानिएको छ । यसले घरबाट नका’रात्मक ऊर्जा ह’टाउँछ । घरलाई जहिले पनि सफा राख्दा खर्चमा कमी आउँछ र धनधान्य बढ्छ । सौर्यमण्डलका ग्रहहरूले मनुष्यको जीवनलाई धेरै प्रभावित पार्छन् । प्रत्येक दिन व्यक्तिले ग्रहको हिसाब अनुसार निधारमा चन्दन लगाउँदा शुभ फल प्राप्त हुन्छ । चन्दन निधारमा लगाउँदा शीतलता प्राप्त हुन्छ र पापहरूको नाश पनि हुन्छ ।
घरमा चन्दन राख्दा त्यसको सुगन्धले नका’रात्मक ऊर्जा पनि न’ष्ट हुन्छ । ज्ञान, बुद्धि र संगीतकी देवी सरस्वतीको हातमा वीणा अवश्य हुन्छ । पुराणहरूका अनुसार देवी सरस्वतीलाई कमलको फूलमा बसेको अनि हातमा वीणा समातेको देखिन्छ । कमल हिलोमा फुल्छ तर उसलाई हिलोले छुँदैन । उहाँको चित्र घरमा राख्दा पनि फल पाइन्छ ।








