प्रहरीका लागि नायिका शिल्पालाई पक्रा’उ गर्ने बाटो खुल्यो


काठमाडौं : प्रहरीका लागि नायिका शिल्पा पाेखरेललाई पक्रा’उ गर्ने बाटो खुलेकाे छ । सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेलले दायर गरेको रिट मंगलबार खा’रेज गरेपछि उनलाई पक्रा’उ गर्ने बाटाे खुलेकाे हाे । चलचित्र निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले बहुविवाहमा दिएको जा’हेरीका आाधार शिल्पालाई प्रहरीबाट पक्रा’उ पूर्जी जा’री भएपछि सर्वोच्चमा रिट दायर भएको थियो ।
बहुविवाह मु’द्दाको विषयमा आफूलाई पक्रा’उ पुर्जी जा’री गर्ने कार्य कानून बमोजिम नरहेको दा’बी शिल्पाको रिटमा थियो । सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त रिट खा’रेज गरेको हो ।



रिट खारेजीपछि शिल्पालाई छविसँगको बहुविवाह प्र’करणमा पक्रा’उ गरी अनुस’न्धान गर्ने बाटो खुलेको छ । जिल्ला र उच्च अदालतले पक्रा’उका लागि प्रहरीलाई अनुमती दिएपछि त्यसविरु’द्ध शिल्पाले सर्वोच्चमा रिट दिएकी थिइन् । आफूलाई पक्रा’उ गरे अपुरणीय क्ष’ति हुने भन्दै रो’क्न उनको मा’ग थियो । शिल्पा छविकी कान्छी पत्नी हुन् । रिट खा’रेज भए पनि आ’देश आउन भने बाँकी छ ।








