घण्टौंसम्म स्मार्ट फोनमा झुम्मिने बच्चामा देखियो यस्तो सम’स्या


काठमाडाैं : केटाकेटीहरुलाई धेरै समय स्मार्ट फोन तथा अन्य डिजिटल पर्दामा खेल्न दिंदा ग’म्भीर सम’स्या निम्तने एक अध्ययन जनाएको छ । घण्टौंसम्म स्मार्ट फोन तथा अन्या डिजिटल पर्दामा गेम खेल्ने भिडियो हेर्ने गर्नाले साना बालबालिकामा ग’म्भीर अ’सर पर्ने लण्डनमा गरिएको एक अध्ययन जनाएको हो । दिन प्रतिदिन नयाँ प्रविधिको विकाससँगै बच्चाहरूले धेरै समयसम्म टिभी, कम्प्युटर तथा फोनमा बिताउने गरेको देखिन्छ । बच्चाहरूले लगातार टिभी हेर्न, कम्प्युटर, ट्याब्लेट, तथा स्मार्टफोन गेम खेल्न, भिडियो हेर्नका लागि समय बिताउँछन् ।
यदि ३ घण्टा भन्दा बढि समयका लागि बच्चाहरुले स्क्रिन हेर्ने गरेको भए सा’वधान रहन आवश्यक देखिन्छ । धेरै समय सम्म टिभी, मोबाइल तथा कम्प्युटरको स्क्रिनले बालबालिकाहरूको स्वास्थ्यमा हा’नी पुर्याउन सक्छ ।



एक रिपोर्टका अनुसार घण्टौसम्म टिभी तथा मोबाइलको स्क्रिनमा आफ्नो समय बिताउने गर्दा शारीरिक रुपमा नि’ष्क्रिय हुन्छन् । जसले गर्दा उनीहरूको शरीरको बोसो बढ्न गइ मोटोपनको सिकार हुने गर्छ । सानो उमेरमै मोटोपनाको स’मस्या भएका बच्चाहरूलाई मधुमेहको ख’तरा अत्या’धिक हुने अर्काइव्स अफ डिजिज इन चाइल्डहुडमा प्रकाशित गरेको अनुस’न्धानले पत्ता लगाएको छ ।
उक्त प्रकाशित गरिएको अनुस’न्धानमा उल्लेख गरे अनुसार लण्डनमा ९ देखि १० वर्षका ४ हजार ५ सय बालबालिकामा गरिएको थियो । उक्त अनुस’न्धानका अनुसार बालबालिकाले लगातार डिजिटल प्रविधिमा झुका’ब राख्नाले उनीहरुमा मोटोपन बढ्दै गएको पाइएको छ । यसका साथै एकै ठाउँमा धेरै समय बिताउने गर्दा शरीरमा रहेको इन्सुलिन, पाचन ग्रन्थी तथा हर्मोनको माध्यमबाट रगत र ग्लुकोजको स्तर बढ्न दिदैन् । जसको कारण डायविटिज समेत लाग्न सक्ने सम्भावना बढेर जान्छ ।
टिभीको स्क्रिन अगाडि धेरै समय बि’ताउने बालबालिकामा भने टाइप २ को डायविटिज लाग्ने सम्भावना अ’त्याधिक हुने पाइएको छ । डायविटिजका साथ साथै उनीहरुको आँखामा समेत सम’स्या आउन सक्ने चिकि’त्सकहरूले बताएका छन् ।







