अनमोल र दयाहाङ कहाँ छन के गर्दैछन् ?

आराम गरिरहेका अनमोल

नायक अनमोल केसी अभिनित कुनै पनि चलचित्र यो वर्ष रिलिजमा नआउने पक्का छ । गत वर्ष, उनी अभिनित चलचित्ररिलिज भयो र व्यापारिक रुपमा सफल भयो । अनमोलले यो वर्ष चलचित्र ‘धुपौरे’मा महंगो रकम लिएर काम गर्ने सम्झौता गरे ।

यसपछि, उनले गत वर्षको हिट चलचित्र ‘ए मेरो हजुर ३’को चौथो सिरिज साइन गरेका छन् । ‘ए मेरो हजुर ४’को छायांकन यसै वर्ष सुरु हुनेछ ।  रिलिज भने अर्को वर्ष मात्र हुनेछ ।

अनमोलले यो चलचित्रका लागि महंगो रकमसमेत लिएका छन् । झरना थापाले निर्देशन गर्ने यो चलचित्रमा उनको जोडीको रुपमा सुहाना थापाले काम गर्दैछिन् । यो चलचित्रलाई प्रेम कथामा बनाउने तयारी गरिएको छ । अनमोल लभर ब्वाईको भूमिकामा चलचित्रमा देखिँदैछन् ।

 

 

 

 

दयाहाङ नेता बन्ने

 

दया अभिनित नयाँ चलचित्र ‘सेन्टीभाइरस’ फागुनको ९ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा दया नेताको भूमिकामा देखिँदैछन् । दयाहाङ राईको हातमा एकपछि अर्को चलचित्रको अफर आइरहेको छ ।

नेपाली चलचित्र क्षेत्रमा केही कलाकारलाई कुन काम गर्ने भन्ने रोजीछोडी छ भने केही कलाकारलाई कामको अभाव छ ।

 

सम्बन्धित खवर

Back to top button