डडेल्धुराको परशुराम नगरपालिकामा एक घरबाट अर्को घर जान नि’षेध

डडेल्धुरा, २४ चैत : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कैलाली र कञ्चनपुरमा पनि देखिएपछि लकडाउनको अवस्थालाई डडेल्धुराको परशुरा नगरपालिकाले झन कडाइ गरेको छ ।

नगर प्रमुख भीमबहादुर साउदले प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनको अवधिमा एक वडाबाट अर्को वडा, एक वस्तीबाट अर्को बस्ती र एक घरबाट अर्को घर आवतजावत गर्न पूर्ण नि’षेध गरिएको जनाएका छन । लकडाउनको अवधिमा नगरपाकिाले अख्तियार गरेको निर्देशन उ’लंघन गरे क’डा भन्दा क’डा का’रवाही हुने नगरपालिकाले विज्ञप्तिमा भनिएको छ ।

आजको भयावह अवस्थामा हाम्रो देशमा पनि विदेश एवं छिमेकी मुलुक भारतबाट आएका केही व्यक्तिमा सं’क्रमण देखिएको र उक्त रो’गले दोस्रो चरणमा प्रवेश गरिसकेकाले थप सजगता र क’डाई गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश झन बढी जो’खिममा देखिएकाले अवैध नाकाहरु हुँदै लुकीछिपी नगरभित्र मानिसहरु प्रवेश भइरहेको जानकारी प्राप्त भइरहेको हुँदा त्यस्ता व्यक्तिलाई अबिलम्ब नजिकको क्वारेन्टाइनमा बस्न पनि नगर प्रमुख साउदले अपिल गरेका छन ।

सम्बन्धित खवर

Back to top button