सरकारी तवरबाटै लकडाउनको अवज्ञा : स्थानीय प्रशासन मौन

डडेल्धुरा, २८ चैत्र : डडेल्धुरा जिल्लामा सरकारी पक्षबाटै लकडाउनको अवज्ञा गर्दै बजार घुमिरहेका छन् । महत्वपूर्ण काम भन्दै सरकारी कर्मचारी बाहिर निस्कन थालेका हुन् । उनीहरु प्रहरीलाई समेत नटेरी बाहिर निस्के छन् । जसका कारण कोरोना भाइरसको संक्रमण ख’तरा बढेको छ।

‘लकडाउन’लाई नेपालबन्दको रुपमा लिएर बजारमा जथाभावी घुम्ने सरकारी कर्मचारीसँगै स्थानीयको पनि बाक्लो उपस्थिति देखिएको छ । स्थानीय, पालिकालगायत अन्य सरकारी कार्यालयका केही कर्मचारी घरमा सेल्फ क्वारेन्टाइनमा बसेको भएपनि काम परेको भन्दै जिल्ला सदरमुकाम धाइरहेका छन् । सरकारी कर्मचारी भनेपछि प्रहरीले सोधपुछ पनि गर्दैनन् । यसरी सरकारी पक्षबाटै लकडाउन उलंघन हुँदा जिल्लामा कोरोना भाइरस संक्रमणको जो’खिम बढेकाे बुद्धिजिवीहरु बताउँछन् ।

डडेल्धुरामा भारतबाट फिर्ता भएका १ सय ९९ जनाको थ्रोट स्वाब सकंलन पश्चात परीक्षणका लागि काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आषुतोश श्रेष्ठले बताएका छन् ।

सरकारी तवरबाट लकडाउनको उलंघन भएको पाइएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेश दत्त ओझाले बताए ।

सम्बन्धित खवर

Back to top button