कुहिएको चामल वितरण गर्दै नगरपालिका

 

बाजुरा, २९ चैत्र : बाजुरामा कुहिएको चामलको राहत वितरण गरिएको छ। जिल्लाको बडिमालिका नगरपालिकामा राहत वितरणमा कुहिएको चामल पाइएको छ। खाद्य संस्थानबाट राहत वितरणका लागि लिएको चामल कुहिएको पाइएको बडिमालिका नगरपालिका नम्बर ४ स्थानीय नरेन्द्र नाथले बताए। उनले टोलमा आएका सबै चामल कुहिएका बताए ।

वितरण गर्दा पुरै कट्टा मिलाएर बाँडेको थियो। घरमा ल्याएर खोलेर बाडौँ भन्दा त पुरै चामल कालो ढुसी परेर कुहिएको डल्ला परेको पाइएपछि नगरपालिकालाई फिर्ता लिन आग्रह गरिएको छ। कुहिएको चामल खान मिल्ने भन्दै फिर्ता गरिएको स्थानीयले बताए । वडिमालिका नगरपालिका वडा नम्बर ४ मा १ सय ७५ जनालाई चामल वितरण गरेको वडा अध्यक्ष सुरेन्द्र नाथले जानकारी दिएका छन।

३० परिवारलाई २० केजीका दरले र १ सय ४५ जनालाई १० केजीका दरले राहत वितरण गरेको नाथले बताए। वडा अध्यक्ष नाथले चामल सडीएको स्वीकार गरेका छन्। ओलेना टोलमा ३० केजीका ६ कट्टा चामल सडिएको पाइएकाले खाद्यसंस्थानलाई नै फिर्ता गर्न लागेको उनले बताए।

बडिमालिका नगरपालिकाले १ सय ५० क्विन्टल बडिमालिका नगरपालिकामा राहतका लागि खाद्य संस्थानबाट खरिद गरेर वितरण गरिसकेको छ। नगर प्रमुख पदम बडुवाल भने संस्थानको चामल खरिद गरेर राहत वितरण गर्ने निर्णय अनुसार वितरण गरेको जानकारी दिए ।

सम्बन्धित खवर

Back to top button