सांसद मल्ल स्वास्थ्य सामाग्री लिएर गाउँ पुगे

डडेल्धुरा, ११ बैशाख : नेपाली कांग्रेस डडेल्धुराले स्वास्थ्य सुरक्षा सामाग्रीका साथै ज्वरो जाँच गर्ने थर्मोगन वितरणमा गर्न जुटेको छ । कोरोना भाईरसको संक्रमण रोकथामका लागी सुरक्षा सामाग्री प्रमुख महत्वमा पर्ने भएकाले वितरण गर्न लागिएको कांग्रेस डडेल्धुराको जनाएको छ ।

नेपाली कांग्रेस डडेल्धुराले सुचना जारी गर्दै स्वास्थ्य सुरक्षा सामाग्री मास्क, पञ्जा नपुगेका तथा पाउन नसकेका लाई सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

स्थानिय संगै खास गरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका लाई मास्क र पञ्जा उपलब्ध गराउने कांग्रेस डडेल्धुराले जानकारी दियोको छ । स्वास्थ्य सुरक्षा सामाग्री वितरणमा कांग्रेस डडेल्धुरा सभापती एवं सुदूरपश्चिम प्रदेशसभा सांसद कर्ण बहादुर मल्ल स्वयः खटिईएका छन ।

बुधबार नै उनको सहभागितामा डडेल्धुराका विभिन्न स्थानमा स्थानिय लगायत सुरक्षाकर्मीहरु लाई केही थान मास्क र पञ्जा उपलब्ध गराएको उनले बताए । मास्क र पञ्जाको अभाव भए उपलब्ध गराउने उनको भनाई छ ।

डडेलधुराको गन्यापधुरा गाउपालिकामा बुधबार दुई थान थर्मोगन उपलब्ध गराईएको सभापती मल्लले बताए । यस्तै आवश्यकता अनुसार हाल लाई स्थानिय पालिकाहरुमा एक÷एक थान थर्मोगन उपलब्ध गराउन सक्ने उनले बताए ।

थर्मोगन,मास्क र पञ्जा सहयोग गराएकोमा गन्यापधुरा गाउपालिकाका अध्यक्ष नवल बहादुर मल्लले नेपाली कांग्रेस डडेल्धुरालाई धन्यावद दिएका छन ।

सम्बन्धित खवर

Back to top button