राहत वितरणमा विवाद सिर्जना, वडाध्यक्षले आफुखुसी बाडेको आरोप


बैतडी, १९ बैशाख : बैतडीको सिगास गाउँपालिका वडा १ मा राहत वितरणमा विवाद सिर्जना भएपछि वितरण कार्यक्रम नै स्थगत नगरिएको छ । गाउँपालिकाको वडा नम्बर १ जुगेपानीमा राहत लिन बोलाएका १२ जनालाई राहत नपुगेपछि विवाद भएको स्थानीयले जानकारी दिएका छन् ।
विवाद आएपछि वडा अध्यक्ष गगन धामीले एक सार्वजनीक सुचना जारी गर्दै प्रदेशले दिने राहतमा छुटेकाले पाउने गरि अहिलेका लागि वितरण कार्यक्रम रद्ध भएको जनाएका छन् ।




बिश्व ब्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारीको संक्रमण न्यूनीकरण गर्न नेपाल सरकार तथा सिगास गाउँपालिकाको निर्णय अनुसार दैनिक ज्याला मजदुरी ठप्प रोकिएकालाई प्रदेश सरकारले राहत स्वरुप २६ कुन्टल ४०किलो चामल, २ कुन्टल ६४ किलो दाल, १ कुन्टल ७६ किलो चिनी, १कुन्टल ७६ किलो नुन , र ३५२ पिस साबुन ८८ जनालाई दैनिक मजदुरी गरि खानेलाई दिन आएको राहत ८८ जना लिस्टमा परेका मध्ये ७६ जनालाई जनप्रतिनिधिले लिस्टमा परेका मध्ये १२ जनालाई राहत प्याकेज नपुगेको स्थानीयको दाबी छ ।








