डडेल्धुरा अस्पतालका चार चिकित्सकसहित ७ जना क्वारेन्टाइनमा

डडेल्धुरा, १० जेठ : डडेल्धुरा अस्पतालमा उपचार गराउन आएका एक युवकलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चार चिकित्सकसहित ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका युवकलाई स्क्रव टाइफसको उपचार गरि घर फर्केका थिए। उक्त युवकमा शुक्रबार कोरोना पोजिटिभ देखिएपछि स्वाब संकलनमा खटिएका चार चिकित्सक र अन्य स्टाफहरू गरी सात जनालाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए। उनीहरुको शनिबार थ्रोट स्वाब संकलन गरिने उनले जानकारी दिए।

डडेल्धुरा अस्पतालमा जेठ ६ गते उपचार गराउन आएका युवकामा स्क्रब टाइफस देखिएको थियो। स्वाब सकंलन पश्चात युवकलाई घरमै आराम गर्न सुझाउँदै अस्पतालले स्क्रब टाइफसको उपचार गरि घर पठाइएको थियो।

सम्बन्धित खवर

Back to top button