नेपाली कांग्रेस डडेल्धुराले क्वारेन्टाईनमा रहेका ९२ जना लाई खाना खुवायो

डडेल्धुरा, ११ जेठ : बिश्वभरी फैलिएको कोरोना महामारीको सन्त्रासका कारण जारी लकडाउनबाट प्रभावित भएर भारतबाट डडेल्धुरा पुगेर क्वारेन्टाईनमा बसेका नागरिकहरूलाई नेपाली कांग्रेस डडेल्धुराले निःशुल्क खाना खुवाएको हो । कांग्रेस डडेल्धुराका संस्थापक सभापति स्व. एनडीप्रकाश चटौतको स्मरणमा वैशाख २७ देखि एन.डी.प्रकाश चटौत आपतकालिन् चुल्हो सञ्चालनमा ल्याइएको थियो।

नेपाली कांग्रेस डडेल्धुराले सञ्चालन प्रकाश चटौत आपतकालिन भोजन चुलोले क्वारेन्टाईनमा बसेका ९२ जनालाई खाना खुवाइएको कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले जानकारी दिए ।

डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका ५४ जना र महेन्द्र मा बि खलंगाको क्वारेन्टाईनमा रहेका ३८ जनालाई कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलका स्वयंमसेवकले आइतबार खाना खुवाइएको नेपाली कांग्रेस डडेल्धुराले जानकारी दिए ।

डडेल्धुरा सदरमुकाममा रकेका २ वटै क्वारेन्टाईनको आज (आइतबार ) अनुगमन गर्दै कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सांसद कर्णबहादुर मल्लले भारतबाट आएका नागरिकहरूको स्वास्थ्य अवस्था तथा क्वारेन्टाईनको अवस्थाको बारेमा जानकारी लिएका थिए । अनुगमनका क्रममा सांसद मल्लले क्वारेन्टाईनमा ब्यक्तीगत सरसफाईमा विशेष ध्यान तथा अनुसाशीत भएर बस्न समेत अनुरोध गरेका छन ।

यसैगरी कांग्रेस डडेल्धुराले यसअघि डडेल्धुराका ७ वटै स्थानीय तहमा मास्क, स्यानिटाइनजर, थर्मल गन, पीपीई र राहतका लागि खाद्यान वितरण गरिसकेको छ । कोरोना महामारीका कारण विपद्मा परेका जिल्लाबासीलाई मानवीय सेवाको उद्देश्यले सक्दो सहयोग गरिरहेको सांसद मल्लले बताए ।

उनले मानव समुदाय संकटमा रहेका बेला ‘सबैलाई प्रेम र स्नेह गर, सबैको सेवा गर’ भन्ने भावनाका साथ आपतकालिन् चुल्हो सञ्चालनमा सहयोग पुर्याउन सबैलाई आग्रह गरेका छन् ।

सम्बन्धित खवर

Back to top button