आजबाट गड्डाचौकी नाका पनि खुल्ला

महेन्द्रनगर, १२ जेठ : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमावर्ती क्षेत्रमा अलपत्र परेकाहरुलाई गड्डाचौकी नाका भएर आजदेखि स्वदेश फर्किन दिने भएको छ। आईतबार प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले अलपत्र परेकाहरुलाई गड्डाचौकी नाका भएर भित्रिन दिने निर्णय गरेको थियो।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले नाकामा स्वास्थ्य परीक्षण गरेर भारतबाट फर्किनेहरुलाई भित्र्याउने व्यवस्था मिलाईएको बताए। उनका अनुसार गड्डाचौकी नाकामा समान्य स्वास्थ्य परीक्षण भएपनि किटको उपलब्धता नभएका कारण कोरोना परीक्षण भने गरिने छैन्।

स्वदेश प्रवेश अनुमती मिलेपछि लामो समयदेखि सीमावर्ती क्षेत्रमा अलपत्र परेकाहरु बिहानैदेखि नाकामा जम्मा हुने क्रम सुरु भएको बताउँदै सहायक प्रजिअ उपाध्यायले दिउँसोतीर उनीहरुलाई भित्र्याईने तयारी रहेको जानकारी दिए।

सम्बन्धित खवर

Back to top button