सेती अस्पतालको आईसोलेसन र क्वारेन्टाईन व्यवस्थापन गर्दा मृत्यु भएका दुवै जनाको नमूना संकलन

धनगढी, १४ जेठ : भारतबाट फर्केर सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका पुरुषको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ। आज बिहान आईसोलेसनमा मृत्यु भएका गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ।

यस्तै कञ्चनपुरमा क्वारेन्टाईन व्यवस्थापनमा जुटेका वडाध्यक्षको पनि मृत्युपछि कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ। गएराती एक्कासी बेहोस भई ज्यान गुमाएका कृष्णपुर नगरपालिका ७ का वडाध्यक्ष कल्लु रानाको पनि थ्रोट स्वाबको नमूना संकलन गरिएको हो।

उनीहरु दुवैजनाको आजै धनगढी प्रयोगशालामा कोरोना परीक्षण गरिनेछ।

सम्बन्धित खवर

Back to top button